Breaking

काभ्रेस्थली घटना : मृतकको शव पोस्टमार्टमका लागि लगियो


काठमाडौँ — काठमाडौंको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थली, पदमसालको एक घरमा मृत भेटिएका एकै परिवारका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो ।

उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ । गोरखाको भीमसेन थापा गाउँपालिका(६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षका दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षकी सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका घरमै मृत भेटिएका थिए ।