Breaking

अस्ट्रेलिया भ्रमणबारे छलफल गर्न बोलाईएको बैठकमा प्रधानसेनापतिनै अनुपस्थित


काठमाडौँ — संसदको ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिले एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारेको छलफल गर्न परराष्ट्र मन्त्री नारायण खड्का र, परराष्ट मन्त्रालयका सचिव, प्रधानसेनापति, नेपाली सेनाका अधिकारीहरु, रक्षा मन्त्रालयका सचीवलाई बोलाएको थियो । मध्याह्न सवा १२ बजे बोलाइएको बैठकमा साम्सदहरु उपस्थित भएका थिए ।

तर सभापति निरादेवी जैरुले केही मिनेट अघि परराष्ट्रमन्त्री अनुपस्थित हुने जानकारी प्राप्त भएको समिति सदस्यहरुलाई जानकारी गराइन्। परराष्ट्र मन्त्री र प्रधानसेनापतीलाई दस्तावेज सहित उपस्थित हुन भनेका थियौ । तर, परराष्ट्रमन्त्रीले बिशेश काम परेको पनि उपस्थित हुन नसक्ने जानकारी केहीबेर अघिमात्रै आयो । रक्षा सचीवले पनि परराष्ट्र मन्त्रीको उपस्थितिमा मात्रै उपस्थित हुने जानकारी दिनुभयो। सभापति जैरुले जानकारी दिइन्। परराष्ट्रमन्त्री र प्रधानसेनापती अनुपस्थित भएपछि समिति बैठक मूल विषय छाडेर विविधअन्तर्गत ‘संवैधानिक निकायमा हुने नियुक्तिमा समावेशिताका सवाल कतिको सम्बोधन भएको छ । भन्नेमा केन्द्रित भएको छ । समिति सभापति जैरुका अनुसार एसपीपी र प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे परराष्ट्र मन्त्रीको समय लिएर अर्को बैठक राखिनेछ ।