Breaking

सुनिताका माइती पक्षले शव उठाउन दिएनन्, मृतकका आफन्त र स्थानीयद्धारा नाराबाजी


काठमाडौँ — परिवारै सखाप भएको काभ्रेस्थली घटनामा मृतक सुनिताका माइती पक्षले शव उठाउन दिएका छैनन्। दुई छोरा छोरी र श्रीमतीको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले अरुको पनि सहयोगमा परिवारको हत्या गरेको हुनसक्ने भन्दै आफन्तले शव उठाउन नदिएका हुन्। उनीहरुले घटनाको छानबिन हुनुपर्ने बताएका छन्। अहिले घटनास्थलमा मृतकका आफन्त र स्थानीयले नाराबाजी गरिरहेका छन्। अवस्था तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा घर झगडाले परिवारै सखाप भएको हो। ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, छोरी १३ वर्षीया आशिका र ८ वर्षीय छोरा आशिक सोमबार बिहान घरभित्रै मृत भेटिएका हुन्। दुई छोराछोरी र सुनिता एउटा कोठामा रगताम्य अवस्थामा ढलेका भेटिएका थिए भने अर्कातिर दिनेश भने अर्को कोठाको झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीका अुनसार दिनेश पत्नी र दुई छोराछोरीको चक्कुले हानेर ज्यान लिएपछि आफू झुण्डिएको खुलेको छ।