Breaking

विदेशी कामदारको ठाउँमा नेपालीलाई राख्न संसदिय समितिको निर्देशन


काठमाडौँ — प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपाली उद्योगमा कार्यरत विदेशी मजदुरको विवरण संकलन गर्न निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले नेपाली कारखानाको अनुगमन गरी विदेशी कामदारको लगत संकलन गर्न श्रम विभागलाई निर्देशन दिएको सभापति विमल श्रीवास्तवले जानकारी दिए । समितिले विदेशी कामदार रहेको भए उनीहरुको ठाउँमा नेपालीलाई नै राख्न पनि निर्देशन दिएको छ ।