Breaking

बर्दिवास अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालय भवनमा आगलागी


काठमाडौँ — महोत्तरीको बर्दिवास बजारमा अवस्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ। केहीबेर अघिबाट सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो। स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो।

अहिले प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ। तल्लो तलामा फेन्सी पसलहरु रहेका छन्। अहिले बर्दिवास नगरपालिका र जनकपुर उपमहानगरपालिकाका दुईवटा वारुण यन्त्रले यतिबेला आगो निभाइरहेका छन् ।