Breaking

चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट भेटियो, परिवारकै सदस्यले हत्या गरेर आत्महत्या गरेको आशंका


काठमाडौँ — तारकेश्वर नगरपालिका २ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा सुसाइड नोट पनि भेटिएको छ । गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा भेटिएका थिए ।

घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । प्राप्त प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको छ ।