Breaking

विगतको बजेट कार्यन्वयनमा रहेका कमजोरी सुधारेर काम गर्ने छु : जनार्दन शर्मा


काठमाडौँ — राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त जनार्दन शर्माले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्। अर्थमन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै उनले फेरि जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई धन्यवाद दिएका छन्। उनले कार्यभार सम्हालेपछि अर्थमन्त्रालयमा बोल्दै भने, ‘मैले बजेट कार्यान्वयन गर्ने अवसर पाएको छु त्यसमा धन्यवाद व्यक्त गर्न चाहन्छु।

उनले मन्त्रालयमा कार्यरत सबै कर्माचारीहरुलाई पहिला जस्तै सौहार्दयतापूर्ण वातारणमा काम गरेको स्मरण गराए। अहिले पनि त्यहीखालको सुमधुर सम्बन्ध कायम गरेर काम गर्ने अवसर पाउने अपेक्षा रहेको शर्माले सुनाए। यहाँहरुको साथ र सहयोग त्यहीअनुसार हुने अपेक्षा गरेको छुु, कर्मचारीहरुलाई इंगित गर्दै भने, विगतको बजेट कार्यन्वयनमा रहेका कमजोरी सुधारेर चालू आर्थिक वर्षको बजेट कार्यन्वयन गर्ने छु।