Breaking

राजधानीमा सरुवा रोगफैलिँदै,बालबालिका बढी प्रभावित


काठमाडौँ — काठमाडौँमा कोरोना भाइरससँगै अन्य सरुवा रोगको संक्रमण पनि बढेको छ । कोरोनासँगमिल्दो जुल्दो यो भाइसरले कस्ता व्यक्तिलाई बढी प्रभावितपार्न सक्छ त ? लामो समयदेखि मत्थर रहँदै आएको कोरोना भाइरस फेरि बढ्दो क्रममा छ । कोरोनाको संक्रमण दर संगै मृत्यु दर दिनप्रतिदिनउकालो ग्राफमा छ । स्वास्थ्यमन्त्रालयको तथ्यांक अनुसार साउनमहिना लागेसँगै संक्रमितको दर ह्वात्तै बढेको छ ।

साउन १ गते १ सय ३५ जनामा देखिएको संक्रमण २ गते ४ सय ५७मापुग्यो । त्यस्तै ३ गते केही घटेर ३ सय ५७माझरेको संक्रमण दर ४ गते देखि भने निरन्तर उकालो ग्राफमा छ । ४ गते ३ सय ९१ जनामा देखिएको संक्रमण ५ र ६ गते भने ४ सय ३५ र ४ सय ५६ पुग्यो । ७गते घटेर ३ सय ३५ माझरे पनि ८ गते भने फेरि बढेर ३ सय ४७पुग्यो । ९ गते ५ सय ६८, १० मा ६ सय ३८, ११ मा ५ सय ६४ माझर्याे ।

१२ गते बिहीबार त संक्रमितको दरले ७ सयको आँकडा नै पार गर्याे । बिहीबार ४ महिनायताकै सबैभन्दा धेरै ७ सय १० नयाँ सक्रमितथपिए । १३ मा केही घटेर ५ सय ७७ र १४ गते शनिबार ४३८ बढेको छ । साउन १ गते एक हजार चार सय ३९ रहेको सक्रिय संक्रमित १४ गतेसम्मपाँचहजार पुगेको छ । कोरोनाकै कारण यहीमहिनामात्रै १३जनाले ज्यानगुमाएका छन् । यसरी बढिरहेको कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्य सावधानीअपनाउ जरुरी देखिन्छ ।

तर अहिले नेपालीहरुले कोरोना भाइरस मात्रै भोगिरहेका छैनन् । कोरोना जस्तै अन्य सरुवा रोगसँगपनिजुधिरहेका छन् । राजधानीमा कोरोनासँगै मिल्दो जुल्दो अन्यभाइरस पनि फैलिरहेको छ । चिकित्सकीयभाषामाएडिनो भाइरस’ को प्रभावविशेषतबालबालिकामा परेको छ । जसका कारण बाल अस्पताल र क्लिनीकमाअभिभावकको भीड नै लाग्नथालेको छ । त्यस्तै सिजनल फ्लुको बिरामीपनि बढिरहेको छ ।

कोरोना र यीभाइरसको लक्षण उस्तै हुने हुँदापत्तालाग्न कठिन हुने चिकित्सकको बुझाई छ । गाह्रो र पीडादायी नभएसम्म अस्पतालनजाने नेपालीको बानीले संक्रमणथप जटिल बनिरहेको छ । त्यसैले लक्षण देखिना साथ अस्पताल गइहाल्नु पर्ने चिकित्सकको सुझाव छ । अहिलेको अवस्थामा सरुवा रोगको विगविगीभएको हुँदाआफ्नो खानपान देखि पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालनागर्दै हरेक व्यक्तिहोसियार हुन जरुरी देखिन्छ ।