Breaking

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोभिड संक्रमण पुष्टि


काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पुनः कोभिड संक्रमण देखिएको छ । बाइडेनलाई पुनः कोभिड देखिएपछि आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।

७९ वर्षीय बाइडेनलाई एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ । राष्ट्रपति बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो । बाइडेनले कोभिड विरुद्धको खोपको बुस्टर डोजसमेत लिइसकेका छन् ।