समाचार

शेर्पा सेवा केन्द्रले १६ गते रक्तदान कार्यक्रम गर्ने


काठमाडौँ – काठमाडौँको बोद्ध टुसाल स्थित शेर्पा सेवा केन्द्रमा सेवा केन्द्रका संस्थापक स्वर्गीय आङ दोर्जे लामाको ३० औँ स्मृति दिवस साथै रक्तदान कार्यक्रम गर्ने भएको छ ।

श्रावण १६ गते अर्थात भोलि रेडक्रससंगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

रक्त बैँकमा रगतको अभावलाई मध्यनजर गर्दै शेर्पा सेवा केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरिएको महासचिव आङ काजी शेर्पाले बताउनुभयो । शेर्पाले सम्पुर्णमा रगत दान गरि सहयोग गरिदिनहुन समेत आग्रह गर्नु भएको छ ।