Breaking

पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर, कांग्रेस कमजोर : नेता सिंह


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका नेता–कार्यकर्ता सबैले दायराभित्र बसेर अभिव्यक्ति दिनुपर्ने बताएका छन्।

कांग्रेस काठमाडौँ क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यकताका गतिविधिले समाजमा कांग्रेसप्रतिको दृष्टिकोण तय हुने भएकाले सबै जिम्मेवार बन्नुपर्ने बताए ।

पार्टीले गरेका निर्णयहरुका पक्षमा सबैजना उभिन सके मात्रै पार्टी बलियो हुने नेता सिंहको भनाइ थियो । पार्टीभित्रको एकता बलियो भए मात्रै मुलुकसामु देखिएका चुनौती सामना गर्न सकिने उनले बताए ।

‘सार्वजनिक मञ्चबाट या सामाजिक सञ्जालबाट पार्टी निर्णयभन्दा फरक धारणा राख्दा व्यक्ति पपुलर होला,’ सिंहले भने, ‘तर यसो गर्दा कांग्रेस कमजोर हुन्छ । त्यसकारण यसप्रति सबै जिम्मेवार बन्न जरुरी छ ।’

उनले कांग्रेसलाई पहिलो दल बनाउने गरी निर्वाचन केन्द्रित हुन नेता–कार्यकर्ताहरुलाई आग्रह पनि गरे । मुलुकको अर्थतन्त्र संकट देखिनुमा प्रमुख जिम्मेवार कम्युनिस्ट पार्टीहरु भएको सिंहको आरोप थियो ।