समाचार

तरकारी बोकेको ट्रकमा ६ बोरा गाँजा बरामद


काठमाडौँ — तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैँजादै गरेको १५६ केजी गाँजा प्रहरीले मोरङको विराटनगरबाट बरामद गरेको छ ।

गएराति साढे १० बजे विराटनगर–१५ को दुई नम्बर ढाटमा प्रदेश १–०२–००१ख८६७७ नम्बरको मिनी ट्रक जाँच गर्दा ६ बोरा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले धनकुटाको शहिदभूमि गाँउपालिका–३ छिन्ताङका २९ वर्षीय ट्रक चालक विवेक राईलाई पक्राउ गरेको छ । ट्रकमा ४६ बोरा बन्दाकोभी लोड गरिएको थियो । प्रहरीका अनुसार बन्दाकोभीको बोरामुनि ६ बोरा गाँजा भेटिएको हो ।