Breaking

प्रचण्ड र युरोपेली संघकी राजदूतबीच भेटवार्ता


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमटारमा भएको भेटवार्तामा दुईबीच नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको थियो ।

भेटमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त जनाएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उनको भनाइ छ । जवाफमा प्रचण्डले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली संघले गरेको सहयोगप्रति आभार प्रकट गरे ।