Breaking

संसदमा परराष्ट्रमन्त्रीको हार गुहार,एसपीपीबारे पत्र सार्वजनिक गर्नुपर्ने सांसदहरुको अडान


काठमाडौँ — अन्तत सरकारले अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी अस्वीकारवारे सदनलाई जवाफ दिएको छ । सरकारले कुटनीतिक च्यानल मार्फत एसपीपी अस्वीकार गर्ने औपचारिक पत्र अमेरिका पठाईसकेको प्रष्ट पारेको छ । तर एसपीपीलाई लिएर राजनीतिक दलदेखि जनतासम्ममा अविश्वास कायम छ ।

चौतर्फि आलोचनाकाबीच सरकारले अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी अस्वीकार गर्ने वारे मित्र राष्ट्र अमेरिकालाई औपचारिक पत्रचार गरिसकेको जानकारी दिएको छ । शुक्रवार परराष्ट्रमन्त्री नारायण खड्काले २०७९ साउन ९ गते कूटनीतिक माध्यमबाट एसपीपी कार्यक्रमलाई अघि नबढाउने जानकारीसहित अमेरिकी सरकारलाई पत्र पठाएकोबताए । आन्तरिक गृहकार्यका कारण पत्रचारमा केहि ढिला भएको समेत उनले उल्लेख गरे ।

तर उनको यो भनाइलाई विश्वास गरिहाल्ने अवस्था छैन, किनकी एसपीपीलाई लिएर गठबन्धन सरकारको लुकाछुपी शिलसिला पछिल्लोदुई महिनादेखि चलिरहेको छ । गत असार १३ गतेको राष्ट्रियसभा वैठकमा अमेरिकालाई पत्र पठाईसकेको भनेर गृहमन्त्री बालकृष्ण खाँणले सफेद झुठ बोलेका थिए ।

शुक्रवारको सदनमा परराष्ट्रमन्त्री नारायण खड्काले साउन ९ गते पत्रचार भएको जानकारीपछि गृहमन्त्री खाँडको झुठ थप प्रमाणित भएको छ । अमेरिकालाई पत्र लेख्ने विषयमा गठबन्धन सरकारले आनाकानी गरेकै कारण सांसद्हरुले परराष्ट्रपन्त्रीको भनाइमा विश्वास नगर्दा मन्त्री खड्काले आफ्नो भनाई पत्याई दिन हार गुहार नै गर्नुप¥यो ।

यताप्रमुख प्रतिपक्षी दलदेखि सत्तारुढ दलकै सांसदहरुले सरकारले एसपीपीलाई पठाएको पत्र सार्वजनिक गर्नुपर्ने अडान राख्दै आएका छन् । एसपीपीको नाममा के के भए सबै जानकारी सदनलाई गराउन माग गरेका छन ।

विहिवार अमेरिकी विदेशमन्त्री डोनाल्ड लु अचानक नेपाल ओर्लिए । दक्षिण तथामध्यएसियालीमामिलासम्बन्धी अमेरिकी सहायकविदेशमन्त्री लु ले शुक्रवार प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरेका छन ।

यदि नेपालले एसपीपी अस्वीकार गर्ने औपचारिक पत्र पठाएको हो भने पत्र पठाए लगत्तै वरिष्ठ अमेरिकी अधिकारीको अपरझट नेपाल यात्रा किन ?उच्चस्तरीय भेटघाट किन ?यो विषयले मुलुकको राजनीतिक तथा कुटनीतिक क्षेत्र थप तरंगित हुने पक्का छ, भनेसरकारले एसपीपीलाई कसरी पार लगाउँछ भन्ने विषय थप चासोपूर्ण बनेको छ ।