Breaking

अमेरिका र चीनका राष्ट्रपतिबीच फोनवार्ता, दुई देशबीचकोे तिक्तताथप बढ्ने संकेत


काठमाडौँ — अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचबिहीबार टेलिफोन वार्ता भयो । दुई घण्टा लामो भर्चुअल संवादमाताइवानको विषयलाई लिएर दुवै नेता कठोर रूपमा प्रस्तुतभएकाथिए । किन कठोर रूपमा प्रस्तुतभए त वाइडेन र सी जिनपिङ ?
अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग विहिबार भिडियो कन्फरेन्समार्फत वार्ता गरेका छन् । करिब २ घण्टा १७मिनेटसम्म चलेको उक्तभर्चुअल भेटमा बाइडेनसँग सी जिनपिङ कठोर रूपमाप्रस्तुतभएकाथिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानमा अमेरिकी हस्तक्षेपबाट आक्रोशितचिनियाँ राष्ट्रपतिले बाइडेनलाई धम्कीपूर्ण प्रतिक्रियादिएका छन् । वार्ताको क्रममाबाइडेनलाई सी जिनपिङलेआगोसँग खेल्न खोज्नेहरू जल्छन् भन्दै धम्कीको भाषाप्रयोग गरेपछि यसले विश्वभर सनसनीमच्चाएको छ । सी जिनपिङको प्रतिक्रियाले दुई देशबीचकोे तिक्तताथप बढ्ने संकेत दिएको छ । यतिबेलाताइवानलाई सघाउने अमेरिका र बाइडेन प्रशासनको नीतिको विरुद्ध चीन कडारूपमा प्रस्तुतभएको छ ।

अमेरिकी संसदकी सभामुखन्यान्सी पेलोसीले अर्को हप्ताताइवानको भ्रमण गर्न भएकीछिन् । २५ वर्षपछि यतिउच्च स्तरको अमेरिकी नेतृत्वको ताइवानको औपचारिक भ्रमण हुनलागेको हो । यो भ्रमणले अमेरिकाले अब ताइवानलाई एक्लै छाड्दैन र आवश्यक ठाउँमा सहयोग गर्दछ भन्ने स्पष्ट सन्देश दिन्छ । जवाफमा अमेरिकाले पनिकुनै पनिहालतमा ताइवानबाट आफू पछि नहट्ने स्पष्ट पारेपछि चीनले यसको प्रतिफलगम्भीर हुने चेतावनीदिएको हो ।


बाइडेन सत्तामाआएदेखि सी जिनपिङसँग पाँच पटक वार्ता गरेका छन् । तर, दुवै नेताव्यापार र ताइवानलगायतकाविषयमाकुनै निष्कर्षमापुग्नभने सकेका छैनन् । यतिबेलाभने अमेरिका ताइवान संग नजिकभएकै कारण बाइडेन र सी जिनपिङको सम्बन्धमापुनं तिक्तताआएको छ ।
अमेरिकाले ताइवानको स्थितिलाई फेर्नका लागिचाल्ने कुनै पनिकदमएकतर्फी भएमा कडा विरोध गर्ने बताएको छ ।

केही समय अगाडी पनि अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवाननजिकै लडाकु विमान उडाएर चीनले खतरासँग खेलिरहेको चेतावनीदिएकाथिए । चीनले ताइवानमा आक्रमण गरे आफूहरूले ताइवानको प्रतिरक्षागर्ने समेत उनलेबताउँदै आएका छन् । अमेरिकाले ताइवानलाई उक्साएर चीनविरोधिगतिविधिलाई बढावा दिइरहेको चीनको आशंकाले दुई शक्तिराष्ट्रबीचको सम्बन्धमा दरार आएको छ ।