Breaking

अमेरिकी सहायक विदेश मन्त्री र परराष्ट्र मन्त्री खड्काबीच भेटबार्ता


काठमाडौँ — नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार परराष्ट्र मन्त्री नारायण खड्कालाई भेटेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेट भएको हो ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई पक्षबीच विकास सहायता, आर्थिक सहयोग, खाद्य सुरक्षा र कोरोना खोपबारे छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयले ट्विटमा भनेको छ ।