काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे संसद्मा दिनदिनैजसो आवाज उठिरहेको छ । कहिले सत्तापक्षका सांसदहरूले एमाले अर्थ विभागको एम अधिकारी को हो भनेर प्रश्न गरिरहेका हुन्छन् भने कहिले एमालेका सांसदहरूले एम अधिकारीलाई देखाएर अरु मुद्दाबाट ध्यान भड्काउन सत्तापक्ष लागेको भनिरहेका हुन्छन् ।
एमालेले आफ्नो अर्थ तथा योजना विभागको एम अधिकारी को हो भनेर देखाउन नसक्दा सत्तापक्षका सांसदहरूले भने गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएर कारबाहीको माग गरिरहेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि एम अधिकारीको प्रसंग आएको छ ।
सत्तारुढ माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी भेटिएको र कारबाही गर्न सभामुख सामू राखेको बताएका छन् । समिति गठन माग गर्दा पनि संसदले नसुनेको अवस्थामा आफूले खोजेर सभामुख कहाँ एम अधिकारी राखेकोले कारबाही गरियोस् भन्ने उनको माग थियो ।


प्रतिक्रिया