देश

युएईमा २८ औँ आदिवासी महोत्सव हुने


काठमाडौँ — युएईमा २८ औँ अन्तराष्ट्रीय आदिवासी दिवस महोत्सव हुने भएको छ । नेपाल आदिवासी जनजाती महासघं युएईले २८ औँ अन्तराष्ट्रीय आदिवासी दिवसको अवसरमा महासघं हरेक बर्ष आयोजना गर्दै आएको महोत्सव दुई वर्षको अन्तरालमा गर्न लागेको हो । कोभिड विश्व महामारीका कारण रोकिएको महोत्सव १४ अगस्ट २०२२ आइतबार बर दुवई स्थित क्लभ एभरेस्टमा हुने संस्थाले जनाएको छ ।

नेपाली दुतावास अबुधावीका राजदुत महामहिम कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा नेपाली आदिवासी जनजातीहरुको पुरातात्त्विक महत्वमा स्टलहरु, भेष – भूषा र सांस्कृतिक झाँकी प्रदर्शनका साथै आदिवासी युवाहरुको व्यक्तित्व विकासका लागी प्रतियोगीता समेत राखिने नेपाल आदिवासी जनजाति महासंघ युएईकी अध्यक्ष बिजय लक्ष्मी राईले जानकारी दिनुभयो ।


प्रवासी कलाकारहरुको प्रस्तुति ,एक्सो २०२० मा नेपाल पेवेलियनका आयोजक आई ई जी ग्रुपले एक्सो २०२० अवधीभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरुले गरेको योगदानको कदर गर्दै सम्मान गरिने आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताउनुभयो ।

कोभिड९१९ विश्व महामारीका बेला समस्यामा परेका नेपालीहरुलाई राहत उद्दार गर्न स्थानिय प्रशासनसंग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खटने स्वयंसेवकहरुलाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बुले बताउनु भयो ।