काठमाडौँ — शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो। बिहीबार पनि सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ नै बढेको थियो ।
बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया