Breaking

विराटनगरमा उड्न लाग्दा यतिको विमानमा समस्या


काठमाडौँ – विराटनगरबाट काठमाडौँ उड्न लागेको यति यएरलाइन्सको जहाजमा पनि समस्या देखिएको छ ।

बिहान साढे ७ बजे काठमाडौँ उड्न लाग्दा समस्या देखिएपछि विमानबाट यात्रु ओरालिएको विमानस्थलका प्रमुख उत्सव खरेलले नेपालखबरलाई बताए । ६० जना यात्रु लिएर काठमाडौं उड्न लाग्दा इन्डिकेसनमा समस्या देखिएको थियो।

अहिले काठमाडौँबाट इन्जिनियर लगेर परीक्षण गरिरहेको पनि खरेलले बताए । अहिले चेकजाँच भइरहेको छ । समस्या समाधान भयो भने विमान उड्छ नभए, जाँदैन खरेलले नेपालखबरसँग भने । बिहीबार बेलुकी विराटनगर पुगेको जहाज त्यहीँ बसेको थियो ।