समाचार

आतंक मच्चाएपछि गोली हानी राँगो मारियो


काठमाडौँ — काठमाडौँमा आतंक मच्चाएपछि एउटा राँगोलाई प्रहरीले गोली हानेर मारेको छ ।

काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ स्थित गोदाम चौरमा राँगो मारिएको हो । राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको उनले बताए ।

मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।