काठमाडौँ — महानगरपालिकाले स्व:यम बुद्धको नाममा पार्क बनाउन चालू आर्थिक वर्ष ०७९/८० का लागि एक करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । महानगरले काठमाडौं–१६ खुसिबुस्थित नयाँबजारमा रहेको सार्वजनिक जग्गामा ‘यम बुद्ध’को नाममा पार्क बनाउने गरी बजेट छुट्याएको हो ।
महानगरले यसअघि स्व:र्यापर यम बुद्धको सालिक बनाउन चालू आवको बजेटमा १५ लाख बजेट विनियोजन गरेको थियो । तर, सालिक बनाउने निर्णयको विरोध भएपछि विष्णुमतीको किनारामा खाली रहेको जग्गामा यम बुद्धको नाममा पार्क बनाउने निर्णय गरेको हो ।
यसअघि सालिक बनाउने निर्णयको विरोध भएपछि काठमाडौं महानगरका मेयर बालेन साहले ‘आफ्नो तलबबाट सालिक बनाउने घोषणा’ गरेका थिए । यम बुद्धको पार्कमा सालिक भने नरहने पार्कको नाम यम बुद्ध दिइने बताइएको छ ।


प्रतिक्रिया