Breaking

तत्कालीन अर्थमन्त्री शर्मामाथि छानबिन अनुसन्धान विवाद कायमै


काठमाडौँ — बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिमा प्रतिवेदनको ठहर खण्डमा विवाद यथावत रहेको छ ।

प्रमुख प्रतिपक्षी एमालेले समितिलाई प्राप्त प्रमाण र बयानका आधारमा शर्मालाई निर्दोष भन्न नमिल्ने अडानमा छन् भने सत्तापक्षका सांसद प्राप्त प्रमाण र बयानले शर्माविरुद्धको आरोप प्रमाणित नगर्ने भएकाले उनी निर्दोष रहेको अडान लिइरहेका छन् ।

समितिमा अहिले अझै छलफल भइरहेको छ । ठहर खण्डका विषयमा अझै छलफलमै छौँ,’ समिति सदस्य सिताराम महतोले सेतोपाटीसँग भने । प्रतिवेदनमा शर्मालाई चोख्याउन खोजे फरक मत लेख्ने एमालेका सदस्यको तयारी छ । ‘प्रमाण नभेटिनु र प्रमाण मेटिनु फरक कुरा हुन् । प्रमाण मेटाएपछि प्रमाण भेट्न सम्भव हुँदैन । उनलाई चोख्याउने कुरामा हाम्रो सहमति हुने छैन,’ एमालेका एक सदस्यले भने ।