काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १५ रुपैयाँ खर्च गरेर दिनभर मोबाइल फोनमा कुरा गर्ने बताएका छन् । बिहानै उठेर नेपाल टेलिकमबाट १५ रुपैयाँको प्याकेज लिएर दिनभर फोनमा बोल्ने उनको भनाइ छ ।
हाम्रो टेलिफोनको पैसा धेरै महँगो छ जस्तो मलाई लाग्दैन बिहिबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा उनले भनेका थिए, ‘म दिनमा १५ रुपैयाँमा दिनभर कुरा गर्छु । बिहान उठ्ने बित्तिकै १४१५ भन्ने रहेछ, त्यो सिस्टमबाट बिहान ५ देखि बेलुका ५ बजेसम्म १५ रुपैयाँले कुरा गर्न पुग्छ ।
यसबारे आफूले मन्त्री हुनुभन्दा अघि नै थाहा पाएको कार्कीले बताएका थिए । उनले कुन प्याकेज लिने गरेका छन्, त्यो खुलाएनन् । सहुलियत दरमा पाइने यस्ता प्याकेजबारे सर्वसाधारणलाई जानकारी गराउनुपर्ने मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको भनाइ थियो । सेवा प्रदायकले दैनिक, मासिक, घण्टा वा चाडपर्वका अवसरमा विभिन्न किसिमका भ्वाइस र डेटा प्याकेज उपलब्ध गराउँदै आएका छन् ।


प्रतिक्रिया