समाचार

झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु


काठमाडौँ — झापमा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

बुधबार साँझ साढे ५ बजे कमल गाउँपालिका-५ स्थित सडकमा बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरले ठक्कर दिंदा पाँचथर तुम्बेवा गाउँपालिका-५ का संजिप इम्सङ लिम्बुको मृत्यु भएको हो ।

अन्दाजी १६ वर्षीय संजिवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । टिपर चालक मकवानपुरका ३१ वर्षीय सुजन वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।