Breaking

‘यमबुद्ध पार्क’ बनाउँन १ करोड ५० लाख बजेट विनियोजन


काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नं १६ मा ‘यमबुद्ध पार्क’ बन्ने भएको छ ।

पार्क बनाउनका लागि महानगरपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

आत्महत्या गरेका र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक बनाउन महानगरपालिकाले बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो । आलोचना बढेपछि मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट सालिक बनाउने घोषणा गरेका थिए । ​ यमबुद्धका अभिभावकलाई भेटेर बालेन्द्रले आफ्नै तलबाट भए पनि सालिक बनाउने वाचा समेत गरेका थिए ।

चौतर्फी आलोचना बढेपछि वडा नं १६ स्थित विष्णुमती किनारमा रहेको ७ रोपनी जग्गामा पार्क बन्न लागेको हो। सो पार्कको नामकरण ‘यमबुद्ध पार्क’ भनेर गरिएको प्रवक्ता मानन्धरले जानकारी दिए । महानगरपालिकाको बजेटमा बन्न लागेको पार्कमा सालिक भने महानगरको रकमबाट नबन्ने उनले जानकारी दिए ।