Breaking

नेतृत्व फेरिए पनि फेरिएन एन्फाभित्रको राजनीति, फुटबल नै दलदलमाफस्ने डर


काठमाडौँ — एन्फाको नेतृत्व फेरिए पनित्यहाँहुने राजनीतिपस्ताको त्यस्तै छ । क्षमतावान् खेलाडी भएको कारण समर्थकको धेरै मायापाएको नेपाली फुटबलको भविष्यत्यहाँभित्रचल्ने फोहोरी राजनीतिका कारण दलदलमाफस्ने खतरा बढेको छ । जब एन्फामादुईदशक राज गरेर गणेश थापाबाहिरिए तब सबैले सोचेका थिए कि अब एन्फा सुध्रिने छ ।

एन्फाले निकास पाउने छ ।एन्फामाआर्थिक पारदर्शीताहुने छ । यस्तो विश्लेषण हुनु स्वभाविकपनिथियो,किनभने २२ वर्षपछि कोही एक निर्वाचितभएर एन्फा नेतृत्वमाआउँदै थिए ।२२ वर्षसम्म एकछत्र एन्फा सम्हालेका थापाले एएफसीकापूर्व अध्यक्षमोहम्मद बिन हमामसँगएक लाख डलर लिएको भन्दै फिफाले १० वर्ष प्रतिबन्धमा राखेपछि कर्माछिरिङ शेर्पाका लागिएन्फाको नेतृत्वमापुग्ने बाटो खुलेको थियो ।

चेन्जएन्फाको नारा लिएर एन्फाप्रवेश गरेका शेपाको बहिर्गमन पनित्यहीआर्थिक अनियमितता, व्यवस्थापनअपारदर्शी, विधानविपरित संस्था सञ्चालन र एकलौटी शासन गरेको जस्ता आरोप लाग्यो । र हालएन्फाको अध्यक्षमाचुनिएका छन् कुनै बेलाका शेर्पाकै सहयात्रीपंकजविक्रम नेम्वाङ । उनले नेपाली फुटबलप्रति सधै इमान्दार रहने बताएपनिमहिनादिन नाघ्दासमेत त्यसको कुनै छनक दिन सकेका छैनन् ।

हुन त उनीनिर्वाचितभएको एक महिनामा नै नतीजाखोज्नु अलिहतार नै हुन्छ होला । तर उनीआईसकेपछि पनिएन्फाभित्र राजनीतिभने हुन छोडेको छैन । पदाधिकारी नियुक्तिकै विषयमा कुरा नमिल्दाअहिलेसम्म दोस्रो कार्यसमितिको बैठक पनि बस्न सकेको छैन । निर्वाचनमा सहयोग गरेबापतफिफाको प्रतिबन्धमा रहेका पूर्व अध्यक्षथापाले आफ्ना छोरा गौरवथापालाई एन्फाको सीईओ वा सह महासचिवबनाउनएन्फा नेतृत्वलाई दबाबदिएको आरोप लाग्नथालेको छ ।

तर गौरवलेआरोपको खण्डन गर्दै वर्तमानअध्यक्ष र महासचिवले नै आफूहरुलाई सहयोग गर्ने शर्तमापदको प्रस्ताव गरेको दाबी गरे।यसले एन्फा नेतृत्वामाचाहे जो आओस् नेपाली फुटबल घुम्ने भनेको थापा परिवारकै पेरिफेरिघुम्नेछ भन्ने प्रष्ट भएको छ । गौरबले भनेका छन्– फिफा र एएफसीलाई अमान्यहुने गरि मैले एन्फामाकुनै पनिभुमिकाचाहेको छैन । मैले कहिल्यै पनिएन्फामाकुनै पदकालागि कसैलाई अनुरोध वादबाबदिएको छैन । बरु वर्तमानअध्यक्ष र महासचिवले नै उहाँहरुलाई सहयोग गर्न भनेर मेरो नाम प्रस्ताबगर्नुभएको हो‘

तर अध्यक्ष नेम्वाङले भने गौरवको वक्तव्यको खण्डन गरेका छन् । प्रस्तावगर्नलाई पहिले कार्यसमितिको बैठक बस्नु पर्ने हुन्छ । तर,अहिले बैठक नै बस्न नसकिरहेको अवस्थामा प्र्रस्ताव राख्ने भन्ने कुरा नै नआउनेउनको भनाई छ ।त्यस्तै महासचिवले भने यस विषयमामुखै खोल्न चाहेनन् ।

यहीकिचलकोका बीचभदौ २५ गतेदेखि काठमाडौंमामहिला साफच्याम्पियनसिपगर्नुपर्ने जिम्माएन्फालाई छ । एन्फा र एन्फाभित्रको राजनीतिचलायमानहुँदा फुटबल गतिविधि र एन्फाले गर्नै पर्ने कयौं यस्ता चुनौतीभने यथावत् नै छ ।यसका साथै एन्फाले आफ्नै कार्यक्रमअनुसार सबै डिभिजनका लिगपनिगर्नु पर्नेछ । लामो समयदेखि घोषित राष्ट्रिय लिग सुचारु हुन सकेको छैन। नेपाल सुपर लिग (एनएसएल)को विवादकायम नै छ ।

एन्फा र एन्फाभित्रको राजनीतिचलायमानहुँदा फुटबल गतिविधि र एन्फाले गर्नै पर्ने कयौं यस्ता चुनौतीभने यथावत् नै छन् । क्षमतावान् खेलाडी भएका, समर्थक पनिभएका र सबै भन्दा धेरै मायापाएको नेपालको फुटबलको भविष्यत्यहाँभित्रचल्ने फोहोरी राजनीतिका कारण झन् दलदलमाफस्दै जाने डर पैदा भएको छ ।