काठमाडौँ – विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् ।
बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् ।
बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।
उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए ।
Breaking
प्रतिक्रिया