Breaking

नवलपरासीमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते, ४ को अवस्था गम्भीर


काठमाडौँ — नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना घाइते भएका छन् । घाइते चार जनाको अवस्था गम्भीर छ ।

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफै अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरीले जनाएको छ । बसमा ३१ जना सवार रहेको र चारको अवस्था गम्भीर रहेको पाठकको भनाइ छ ।

घाइते मध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको र अन्यको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । चालक भने फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ ।