समाचार

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध


काठमाडौँ – मेलम्ची खोलाको धार परिवर्तन गरेर सडकमा बाढी पसेपछि मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ ।

गएराति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा पसेपछि सडकखण्ड अवरुद्ध भएको हो । अवरुद्ध सडकखण्डमा अहिले मर्मतको काम भइरहेको बताउँदै केही घण्टामा सडक सुचारु हुने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।