Breaking

कंगोमा दुई भारतीय शान्ति सैनिकको मृत्यु


काठमाडौँ – शान्ति स्थापनार्थ कांगोमा रहेका दुई भारतीय सैनिकको विद्रोहीको आक्रमणमा निधन भएको छ ।

संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी भएका भारतको दुई सीमा सुरक्षा बलका कर्मचारीहरू मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएको भारतीय विदेशमन्त्री डाक्टर सुब्रमन्यम जयशंकरले पुष्टि गरेका छन् ।

विदेशमन्त्री जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरे ।

कंगोको पूर्वी सहर गोमामा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।