Breaking

एसईईको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ


काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन् ।

मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ । गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन् । बोर्डले शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको थियो ।