काठमाडौँ – काठमाडौंमा १२ जना बालबालिकामा एडिनो भाइरसको संक्रमण देखिएको छ ।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएका १३ वटा नमुनामध्ये १२ वटामा एडिनो भाइरसको संक्रमण देखिएको हो ।
ती १२ नमुनामध्येबाट पनि तीन जनामा इन्फ्लुएन्जा ‘ए’ पनि देखिएको कान्ति बाल अस्पतालका निर्देशक डा. युवनिधि बर्सौलाले जानकारी दिए ।
अमेरिकी सरकारको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)’का अनुसार एडिनो भाइरस भएका बालबालिकामा रुघा, ज्वरो, घाँटी दुख्ने, स्वासप्रस्वासमा गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।
Breaking
प्रतिक्रिया