काठमाडौँ — फोहोर व्यवस्थापनका निमित्त काठमाडौ महानगरले फोहोर वर्गिकृतदेखि जरिवानासम्मको योजना अघि सार्यो । तर यो नियमको कार्यन्वयन हुन नपाउँदै ल्यान्डफिल्ड बन्चरेडाँडा जाने सडक मर्मतका कारण फोहोर नउठ्दा काठमाडौंदुर्गन्धमय बनेको छ । अहिले काठमाडौंका अधिकांश सडक किनारमा हिँड्ने पैदलयात्री यसरी नै नाक थुनेर हिँड्नुपर्ने बाध्यता छ ।
सडकछेउमा थुप्रिएका फोहोरका डंगुर र दुर्गन्धका कारण देशकै संघीय राजधानीमा सहज ढंगले हिँड्ने अवस्था छैन । ल्यान्डफिल्ड साइट बन्चरेडाँडा जाने सडक निर्माणधिन अवस्थाका कारण फोहोर उठ्न नसक्दा काठमाडौका सडक पेटीमा फोहोरको डंगुर लागेको हो । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि स्रोतबाटै छुट्टाछुट्टै कुहिने (जैविक) र नकुहिने (अजैविक) फोहोर वर्गीकरण गर्न महानगरवासीमा अपिल ग¥यो । फोहोर वर्गिकरण नगरे फोहोर संकलन नगर्ने, पाँच सय रुपैया जरिवाना लिने मात्र होइन सार्वजनिक स्थलमा फोहोर फाल्नेको निगरानी समेत महानगरले गरिरहेको छ ।
तर यत्रतत्र थुप्रिएका यी फोहोरको डंगुरले महानगरको नियम कार्यन्वयनको धज्जी उडाईरहेको छ भने महानगरवासीको नियतमाथी पनि प्रश्न उठेको छ । न त फोहोरको वर्गिकरण छ न त सडकमा फोहोर थुप्रिन नै रोकिएको छ । सडक फोहोरमय दुर्गन्धमय बनेको छ । महानगरले ल्याण्डफिल्ड साइटको बाटो मर्मतका कारण फोहोर उठाउन नसक्दा अहिले सडकमा रहेका फोहोरलाई सडकमै खात लगाएर राख्न थालेको छ ।
महानगर आफैंले कुहिने–नहुकिने फोहोर छुट्याएर व्यवस्थापन गर्न नसक्दा सडक थप दुर्गन्धित बनेको छ । सडकमा थुप्रिएका यी फोहोरले सर्वसाधरण आजित छन । पैदलयात्रीहरुलाई हिँड्न समस्या भएको छ । सडकछेउमै फोहोर थुप्रिँदा सवारी साधन गुडाउन असहज बनाएको छ । स्थानीयवासीमा रोग नै फैलिने त होइन भन्ने चिन्ता बढ्को छ ।
बर्खा लाग्यो कि काठमाडौको फोहोर व्यवस्थापन थप बल्झिने गर्दछ । कहिले ल्याण्डफिल्डमा आउने विवाद त कहिले सडक दुरावस्थाका कारण काठमाडौको सडकछेउमा फोहोर थुप्रिनु सामान्य जस्तै बनिसकेको छ । काठमाडौको फोहोरको चाङ र दुर्गन्धले महानगरसँग लुकामारी गर्दा सडक छेउमा व्यापार गरेर आफ्नो गुजारा चलाउने व्यापारी समेत मर्काका परेका छन । नेतृत्वमा पुग्न मात्र होइन पुगेपछि पनि नेताहरुको मुख्य एजेन्डा फोहोर व्यवस्थापन नै हुने गर्दछ । तर पनि मुख्य शहरहरुमा फोहोर व्यवस्थापनको कामले मूर्ल रुप लिन सकेको छैन ।


प्रतिक्रिया