काठमाडौँ — काँग्रेससँगै सत्ता सयर गरिरहेका दलहरुले समाजवादीमोर्चाका नाममा गठबन्धन बनाउने तयारी गरेपछि अबको समीकरण के होलाभन्ने प्रश्नउब्जीएको छ । जसबाट नेपालीकाँग्रेस झिस्किने अवस्थाआएको छ भने माओवादीले सरकारको नेतृत्वगर्ने सपनापालेको छ । स्थानीयतहको निर्वाचनमा प्रचण्ड–माधवलाई नै पत्यार थिएन कि नेपालीकाँग्रेसले भारी सिट संख्याल्याएर जित्छ । बरु काँग्रेससँगतालमेल गरेकै आधारमामाओवादी–समाजवादीले एमाले बराबरीकै परिणाम ल्याउने उनीहरुको विश्वास थियो । तर उनीहरुको विश्वासमाथि नै बज्र हानेर काँग्रेसले नसोचेकै परिणाम ल्यायो र त्यसकोहाराहारीमाएमाले पुग्यो ।
एउटैगठबन्धनमा रहेर पनिकाँग्रेसको जितसँग सबैभन्दा बढ्ताआरिष कसैलाई छ भने त्यो प्रचण्ड–माधवलाई नै छ । र आगामी संसदीयनिर्वाचनमा समेत काँग्रेसले एकलबहुमतल्याउने डर देखिएपछि प्रचण्ड–माधवगठबन्धनभित्रबाटै समाजवादीमोर्चा कस्ने तयारीमा छन् । गठबन्धनमा आवद्ध काँग्रेसबाहेक वाम घटकहरुबीच समाजवादी केन्द्र बनाएर आगामीचुनावमाजाने तयारी उनीहरुको छ । त्यसमा नेकपाएकता राष्ट्रिय अभियानको नामदिएर संयोजक बनेका बामदेव गौतम पनिमिसिनखोजेका छन् । तर यो गठबन्धन कम्युनिष्टको हुने भएपनिएमालेसँगगोरु बेचेको समेत साइनो हुनेछैन ।
संसदीयनिर्वाचनको सम्मुखमा रहेका बेला प्रचण्डले पछिल्लो केहिसातामै केहिपटक अबको सरकार माओवादीले नेतृत्वगर्ने दाबी गरेका छन् । माओवादीएक्लैको बलमा सम्भव नभएको सपना पुरा गर्न प्रचण्डलाई समाजवादी केन्द्र हराभरा हुनेछ ।मुलतःप्रचण्डले माधव नेपालसहित, बामदेव गौतम, बाबुराम भट्टराई रउपेन्द्र यादवसहितको समाजवादीमोर्चा बनाएर त्यसको नेतृत्वआफैले गर्ने र आगामीआमनिर्वाचनपछि देशको नेतृत्वगर्ने सपनापालेका हुन् । त्यसबाहेक गठबन्धन कायमै रहे काँग्रेसलाई दबाबदिएर बहुमत संख्याआफ्नोपल्लामापार्ने चतु¥याई पनिप्रचण्डको छ ।
त्यसमाथिथप बल पु¥याउने गरि माओवादी केन्द्रका नेताबर्षमानपुनले आइतबार समाजवादीमोर्चाका उम्मेदवार १६५ वटै निर्वाचन क्षेत्रमाहुने बताएकाथिए । यसले आगामीनिर्वाचनमाएमाले, काँग्रेस र समाजवादी केन्द्रको त्रिपपक्षिय भिडन्त हुने सम्भावनामाथिसमेत संकेत गरेको छ । स्थानीयतहको निर्वाचनमाकाँग्रेसकै साहरा लिएर उठेका दलहरु काँग्रेससँग एक्लिएर समाजवादीमोर्चामाउभिन सक्छन् भन्ने प्रश्नपनि छ ।वायसलाई बार्गेनिङ टूल्सका रुपमामात्रै बुझेर काँग्रेस सहकार्यका लागितयार हुन्छ कि दबाबमा जान्छ यो पनिअनुत्तरित छ ।
कांग्रेससँग एक्लाएक्लै माग्दासिट बाँडफाँटमा समस्याहुने भएपछि ‘सामूहिकशक्ति’ देखाएर माग्दा धेरै पाइने विश्वाससमेत उनीहरुको छ ।कहिलेको अवस्थामाएक्लाएक्लै गए कसैले बहुमतल्याउने अवस्था छैन । फलतः स्वार्थ अनुकुलकागठजोड बनाएर एकले अर्काेलाई गलाउने रहर दलहरुमापलाएको छ ।


प्रतिक्रिया