Breaking

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ सर्वसम्मतिले स्वीकृत


काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथि राष्ट्रियसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।

गत साउन ९ गतेको प्रतिनिधिसभाको बैठकमा सो संशोधन स्वीकृतिका लागि निर्णयार्थ पेश गर्न खोज्दा गणपूरक सङ्ख्या नपुगेपछि यो कार्यसूची आजका लागि सरेको हो। सो विधेयक गत असार २० गते प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।