बिजनेस

सुनको मुल्य घट्यो


नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा झरेको छ । मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।