Breaking

काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीको श्रृखंला बढ्दो


काठमाडौं — काठमाडौं उपत्यकामा मोटरसाइकल चोरीको घटना नौलो होइन । कसैको पाकिङ स्थलबाट त कसैको आफ्नो घरबाट मोटरसाइकल हराइरहेको हुन्छ । नौलो कुरा त के छ भने, कतिपय हराएको मोटरसाइकल भेटिए पनि चोरको भने प्रहरीले नै पत्तो पाउँदन ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यलयमा गत वर्ष १६०४ ओटा मोटरसाइकल चोरी सम्वन्धि रिपोर्ट पर्यो । त्यसमध्ये ५०६ ओटा मोटरसाइकल भेटिए । मोटरसाइकल भेटिएपछि धनीलाई बोलाएर जिम्मा लगाइन्छ । तर पनि धनीलाई मोटरसाइकल कसले चोरेको हो भन्ने पत्तो हुदैन । ट्राफिक प्रहरीमा उजुरी परेपछि खोजी कार्य सुरु हुन्छ ।

त्यसमा पनि सवैभन्दा बढि पत्ता लगाउने भनेको चै सिभीलमा रहेका ट्राफिकले नै हो । बाइक सँगै चोरी गर्ने ब्यक्ति भेटिएपनि कानुनी कारवाही गर्दा बाहिर देखिदैन । अधिकाँश बाइक बेवारिसे अवस्थमा भेटिने भएकोले पनि चोरी गर्ने ब्यक्ति पत्ता लाग्ने गरेो छैन । प्रहरीका अनुसार कति बाइकहरु बवारिसे अवस्था भेटिने भएकोले पनि चोरहरु पत्ता नलागेको प्रहरी बताइन्छ ।

वर्षेनी मोटरसाइकल चोरीको घटना बड्दो छ । चोरीको घटना बढिरहँदा नागरिक पनि सचेत हुनुपर्ने हो । तर त्यसमा पनि सावधानी अपनाएको भने देखिदैन । कतिपयले भने सावधानी अपनाउँदा अपनाउँदै साधन हराउने गरेको बताउँछन् । चोरी भएका मोटरसाइकलहरुको पार्टपुर्जा टुक्रा टुक्रा गरी बेच्नको लागि चोरी हुने गरेको देखिन्छ । कतिपय मोटरसाइकल पार्किङ स्थलबाटै हराउने गरेको भएपनि कानुनी प्रक्रिया कमजोर हुँदा कुनै कारबाही प्रक्रिया अघि बढ्ने गरेको छैन । साथै फेला परेका मोटरसाइकलको हविगत पनि बिचरा भन्ने खालका रहेका छन् । कतिपय साधन त फेरी प्रयोग गछु भन्ने सपना नदेख्दा पनि हुने खालका रहेका छन् ।