काठमाडौँ — चुनाव केन्द्रीत गतिविधि सुरु हुँदै गर्दा प्रत्येक पल्ट वहसमा आउने विषय हो वैकल्पिक राजनीतिक शक्ती । यो व्यवस्था कै विरुद्ध भएका र आफूलाई स्वतन्त्र दावी गर्नेहरु समेत आफूलाई वैकल्पिक शक्तीका रुपमा चिनाँउदै आएका छन । जसमा केहि असफल नै सावित भईसकेका छन भने केहि चाँहि आफूलाई प्रमाणित गर्ने बाटोमा छन । संसदीय निर्वाचनको बढ्दो निकटका कारण आफूलाई अव्वल दावी गर्नेहरुको संख्या बढेको छ । कोहि अव पुरातन शक्ती परिवर्तनको संवाहक बन्न नसक्ने भन्दै आफैलाई वैकल्पिक शक्ती दावी गर्न समेत लागि परेका छन ।
जुन दौडमा साना दलदेखि स्वतन्त्र उम्मेद्धारीहरु समेत छन । स्थानीय तह निर्वाचनमा स्वतन्त्रको सफलता देखेर हौसिएका दर्जन वढिले त यसअघि नै उम्मेद्धारी दर्ता गरिसकेका छन । कम्तिमा एक जना राजनीतिक दलका व्यक्तिलाई संसद छिर्न रोक्ने अभियान नै चलाएर अघि बढेका उनीहरु अधिकांशका एजेन्डा भने लगभग समान देखिन्छन । यसरी वैकल्पिक शक्तीको दावी गर्ने दल राप्रपाका जस्तै उनीहरु अधिकांश संघियता र धर्मनिरपेक्षताको विरुद्धमा देखिएका छन । तर प्रमुख र परम्परागत शक्तीलाई नै पाखा लगाउने अभियानमा रहेका उनीहरुनै एक हुन सकेका छैनन् ।
स्वतन्त्र भनिएकाहरुमै कोहि पार्टी नै गठन गरेर र कोहि नेटवर्क बनाएर अघि बढ्दा राप्रपा समेत सुस्त देखिएको छ । एमाले कांग्रेस र माओवादी जस्ता ठुला दलहरुले भन्दा नेतृत्वमा पुस्तान्तरणका सवालमा राप्रपा अग्रगामी नै देखिएको पनि थियो । त्यस्तै अभियान्ता भनिएकाहरु समेत पार्टीमा जोडिएका थिए भने अध्यक्ष राजेन्द्र लिंगदेनको व्यक्तीत्व समेत चुलिएको थियो । तर स्थानीय तहको निर्वाचनको परिणामले राप्रपामा समेत वैराग्यता देखिन थालेको छ भने स्वतन्त्र भनिएकाहरु एक ठाँउमा हुने सम्भावना पनि कम छ । जुन उदाहरणले आगामी निर्वाचनमा वैकल्पिक भनिएका शक्तीको जवरजस्त उपस्थितीमाथि नै प्रश्न खडा गरेको छ । यद्यपी राप्रपाका नेताहरु भने यो कुरा मान्न तयार छैनन् । अवका दिनमा आफू नै वैकल्पिक शक्तीका रुपमा उदाउने र यस्तो शक्तीको आवश्यक अव अझ बढेको उनीहरुको तर्क छ ।
हुन त विगतका उदाहरणले समेत वैकल्पिक शक्ती बन्न त्यहि सहज नभएको प्रष्ट पारेको छ । रविन्द्र मिश्र यसैको उदाहरण बन्दा वालेन शाह र हर्क साम्पाङहरु मेयरमा निर्वाचित हुनुले भने मतदाता परिवर्तनको पक्षमा रहेको देखाएको छ । तर ठुला भनिएका दलहरु भने स्वतन्त्रको जितलाई नै विकल्पका राजनीतिका रुपमा हेर्न तयार देखिदैनन् । अर्कातर्फ लक्ष्य,कार्यादीशा र एजेन्डा समेत समान हुदाँ समेत एक ठाँउमा उभिन नसक्ने उनीहरुको चरित्रले समेत समस्या पैदा गरिदिएको छ । विगतमा पनि केहि अन्तुष्टीहरु स्वतन्त्रका नाममा देखिने गरेको भएपनि यसलाई आफूलाई थ्रेड नै पुर्याउन नसक्नेमा उनीहरु निश्चिन्त देखिने गरेका छन । तर सभामुख अग्नी प्रसाद सापकोटाले भने यो साईरनका रुपमा बुझ्नुपर्ने बताएका छन । युवाहरुको आवाज वुलन्द हुन थालेको र त्यसको संकेत काठमाडौ र धरानमा देखिएको बताएका उनले संकेतको भाषा आफुहरुले बुझ्नपर्ने बताएका छन ।
हुन त सत्तामा पुग्न पार्टीरुपी दोकान थाप्ने र वैकल्पिक शक्ती आफूमात्र भएको दावी गर्नेहरुको कमी छैन । अरु भन्दा म मात्र असला भन्ने सोचकै कारण समान विचार र सिद्धान्तमा चल्ने कम्युनिष्टहरु समेत एक हुन सकेका छैनन् भने यहि व्यवस्था आफूलाई वैकल्पिक भनिएकाहरुमा समेत छ । जसबाट स्वतन्त्र भनिएकाहरु समेत माथि उठ्न सकेका छैनन् । जसले विकल्पका रुपमा कसलाई रोज्ने भन्ने कुरामै मतदाता दोधारमा पर्ने देखिन्छ । यसको मतलव वैकल्पिक शक्तीका पक्षमा मतदाता आर्कषित हुनेमा दुईमत नभएपनि आज वाघ सम्झिएकाहरु पछि पर्दाभित्रबाट म्याउ गर्ने त हैनन् भन्ने डर आम मतदातामा देखिन्छ । जसले दावी गर्नेहरुले भनझै सजिलै पुरातन शक्ती पाखा लाग्ने र नयाँ शक्ती विकल्पका रुपमा उदाउने सम्भावनालाई अझ पर धकेलिदिएको छ ।


प्रतिक्रिया