Breaking

प्रचण्ड र घनश्याम भुसालबीच भेटवार्ता


काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता घनश्याम भुसालबीच भेटवार्ता भएको छ । २०७२ मा एमाले र माओवादीका शीर्ष तहमा सम्वाद हुन नसकिरेका बेला दोस्रो तहका नेताहरुले कार्ल माक्र्स द्विशतवार्षिकी समारोह समिति बनाएर सम्वाद थालेका थिए ।

भुसालका अनुसार अहिले पनि कम्युनिस्ट दलहरुमा आवद्ध दोस्रो तहका नेताहरुको सम्वाद गर्ने मञ्च बनाउने प्रयास भइरहेको छ । त्यसबारे माओवादी केन्द्रका नेता शक्ति बस्नेतसँग छलफल गर्न एमाले नेता भुसाल माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा पुगेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि दलको कार्यालयमै भएकाले दुई नेताबीच भेट भयो । भेटका क्रममा प्रचण्डले आफूहरु नेकपा समाजवादी केन्द्र बनाउने प्रयासमा रहेको बताएका थिए । एमाले नेता भुसालले भने एमाले बाहेकको मोर्चाले के गर्छ र भनेर प्रश्न गरेका थिए । भुसालले एमाले समेत अटाउने मोर्चा बनाउनुस् भनेपछि नेताहरुबीच हाँसो ठट्टा भएको थियो ।