देश

उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न सम्बन्धित निकायलाई गृहमन्त्री बालकृष्ण खाणको निर्देशन


काठमाडौँ — यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले उद्धार र राहतको कार्यमा कुनै कसर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको छ । घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन पनि गृहमन्त्री खाणले निर्देशन दिनुभएको छ ।