समाचार

चिनियाँ नागरिकले सञ्चालन गरेका तीनकुनेको कल सेन्टरमा प्रहरीको छापा,नेटवर्किङ व्यवसाय चलाएको आरोप


काठमाडौँ — काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार अहिले प्रहरी टोली कल सेन्टरमै छ ।

उनका अनुसार यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । २०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।