Breaking

आउँदो महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने राष्ट्र बैंकको पक्षेपण


काठमाडौँ — आउँदा महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । सर्वेक्षण अनुसार आउँदा तीन महिनामा मूल्य वृद्धिदर १४ प्रतिशत पुग्ने र एक वर्षमा १३।५ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको मूल्यवृद्धि अनुमान सर्वेक्षणले यस्तो देखाएको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासको अपेक्षित मूल्यवृद्धि सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । उक्त सर्वेक्षण २०७९ असार २० देखि असार २७ ९जुलाई ०४ देखि ११ जुलाई, २०२२० सम्म २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको थियो । प्रस्तुत परिणामहरू १ हजार १ सय ४१ शहरी व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले जनाएको छ ।