काठमाडौँ — नेपाल शेर्पा विद्यार्थी संघद्वारा शेर्पा सन्देश २०७९ प्रकाशन गर्ने भएको छ । शेर्पा युवा तथा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन, रचनात्मक क्षमता अभिवृद्धि गर्ने र विश्वका कुना–कुनामा छरिएर रहेका शेर्पा युवा र विद्यार्थीहरुको विभिन्न उपलब्धीहरुलाई संस्थागत अभिलेखिकरण गर्ने उद्देश्यले “शेर्पा सन्देश २०७९” नामक पुस्तक साउन २८ गते आयोजना हुने शेर्पा विद्यार्थीसंघका उपाध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनु भयो । उक्त कार्यक्रममा शेर्पा समुदायबाट क्भ्भ् उत्तिर्ण गर्न सफल युवा विद्यार्थीहरुलाई सम्मान गर्ने र अन्य तहका विद्यार्थीहरुलाई शैक्षिक परामर्श र सचेतना अभिवृद्धि प्रदान गरिने भएको छ ।

युवा तथा विद्यार्थीहरुलाई लक्षित गरी उनीहरुको शैक्षिक चाहना र क्षमतालाई प्रोत्साहन गर्दै विभिन्न शिर्षकहरुमा विद्या पुरस्कार समेत प्रदान गर्ने भएको छ । शेपा सन्देश २०७९ मा विश्वभरीबाट शेर्पा यूवा तथा विद्यार्थीहरुको सफलताको यात्रा, जिवन कथा तथा विद्यार्थीहरु भित्र लुकेको प्रतिभा, क्षमता र उत्कृष्ट लेख रचनाहरुलाई समेट्नुका साथै समुदायबाट उदयमान व्यापारी, उद्योगपती, लगानीकर्ता तथा उद्यमशीलताहरुलाई समेत प्रस्तुत गरिनेछ ।

पुस्तकलाई देशको हरेक जिल्लाहरुमा नेपाल शेर्पा विद्यार्थी संघको जिल्ला कार्यसमिति, क्याम्पस इकाई, विश्वविद्यालय इकाई र प्रवासमा रहेका सम्पर्क समितिहरको माध्यमबाट नव युवा तथा विद्यार्थीहरुलाई उत्प्रेरणा, मार्गदर्शक र प्रोत्साहनका लागि वितरण गरिनेछ । देशका विभिन्न जिल्लाहरुबाट एसईई २०७९ उतिर्ण गरेका विद्यार्थीहरुलाई प्रमाण–पत्र सहित सम्मान गरिनेछ ।
प्रमाणपत्र तह, स्नातक तह, स्नातकोत्तर तह, सोधपत्र, एमफिल, पी.एच.डी तथा प्राविधिक शिक्षालयहरुमा अध्ययनरत शेर्पा विद्यार्थीहरुलाई लक्षित गरी उनीहरको शैक्षिक क्षमता र चाहनालाई प्रोत्साहन गर्दै विभिन्न शिर्षकहरुमा विद्या पुरस्कार श्रावण २८ गते आयोजना हुने भएकोले छात्रवृत्तिको लागि तपशिल बमोजिमको कागजात सहित सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।
नेपाल शेर्पा विद्यार्थी संघ वि.सं २०५० मा स्थापीत सम्पूर्ण शेर्पा विद्यार्थीहरुको साँझा र विशुद्ध सामाजिक संगठन हो यस संस्थाले स्थापनाकाल देखि नै शेर्पा विद्यार्थी र शेर्पा जातीको विकास, सिंगो जातीको भाषा, धर्म, कला, संस्कृती र मुल्यमान्यतालाई जर्गेना गर्दै आदिवासी जनजाती र विद्यार्थीहरुको विभिन्न मुद्धाहरु उठाउँदै राज्यसामु प्रभावकारी गतिविधिहरु संचालन गर्दै आइरहेको छ ।
तपशिल कागजातहरु
१. शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपीहरु ।
२. पढिरहेको क्याम्पसबाट तह र वर्ष खुलेको सिफारिस पत्र ।
३. नागरिकताको प्रमाणित प्रतिलिपी ।
४. २ प्रति पासपोर्ट साइजको फोटो ।
५. निवेदन फारम दस्तुर वापत रु। १५०
निवेदन फारमको लागि सम्पर्क
१. मिङमा शेर्पा विद्या पुरस्कार संयोजक कोषाध्यक्ष मो- ९८४५२४०५८८
२. तेन्जीङ शेर्पा (सह–संयोजक) सह–कोषाध्यक्ष मो- ९८६१००२५५५
३. पासाङ शेर्पा अध्यक्ष मो -९८१०३०३७७१
४. पेम्बा शेर्पा महासचिव मो -९८१३६३२४००


प्रतिक्रिया