काठमाडौँ — पाल्पा जिल्लाको रिब्दीकोट–२, लघुवामा यात्रुवाहक बस दुर्घटना भएको छ। दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ। बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेर दुर्घटना भएको हो। गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परेको छ । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ रिब्दीकोटमा दुर्घटना भएको हो ।
पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले केहीको मृत्यु भएको, धेरै घाइते भएको तर, सबै विवरण आइनसकेको बताए । म पनि घटनास्थल पुग्नै लागेको छु, उनले भने, बस सडकबाट ३ सय मिटर तल खसेको छ, केहीको मृत्यु भएको आशंका छ, धेरै घाइते छन् । प्रहरी र स्थानीयले उद्धार गरिरहेको उनले बताए ।
घटनास्थलमा पाल्पाको अर्गली र हार्थोक प्रहरी चौकीबाट प्रहरी पुगेको छ । घटनास्थलमा रहेका घाइतेका अनुसार अर्को बसलाई साइड दिने क्रममा बस दुर्घटनामा परेको थियो । बस गुल्मीको मजुवाबाट बुटवल आउँदै थियो । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा बस दुर्घटना भएको छ ।
बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस केहीबेर अघि लघुवामा दुर्घटना भएको हो । बस सडकबाट करिब ३र४ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त ठाउँ नजिक यसअघि मलामी सवार बस दुर्घटना भएको थियो । गत पुस १८ गते भएको दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए ।



प्रतिक्रिया