Breaking

नेचासल्यान गाउँपालिका अध्यक्ष राई सवार गाडी दुर्घटना, २ जना घाइते


काठमाडौँ — सोलुखुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

झपाबाट सोलुखुम्बु आउँदै गरेको प्रदेश नम्बर ३–०१–०२३ च ८०५८ नम्बरको बोलेरो आईतबार विहान १० बजे उदयपुरको त्रियुगा नगरपालिका ७ चिसापानीमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा नेचासल्यान गाउँपालिका अध्यक्ष बर्ष ५४ का धनजन राई र नेचासल्यानकै बर्ष ३२ का झमक बहादुर विश्वकर्मा समान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष राईको बाँया कानको छेउमा सुनिएको छ भने विश्वकर्माको खुट्टा र हातको औलामा चोट लागेको छ । घाईतेहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको प्र’हरीले जनाएको छ ।

बोलेरोमा ३ जना यात्रु सवार रहेका थिए । अन्यको अवस्था सामान्य रहेको जिल्ला प्र’हरी कार्यालय उदयपुरले जनाएको छ ।