Breaking

लोकतान्त्रिक शेर्पा संघको महाधिवेशन साउन अन्तिम साता हुने

आयोजक समिति र उपसमित गठन, ओलीले उद्घाटन गर्ने


काठमाडौँ – नेकपा (एमाले) निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको दोस्रो महाधिवेशन आगामी साउन अन्तिम साता हुने भएको छ । साउन २८ गते स्मार्ट पार्टी भेन्यू काठमाडौँमा महाधिवेशन सुरु हुने संघले जनाएको छ ।

कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने संघका अध्यक्ष आङ दामी शेर्पाले जानकारी दिनुभयो । महाधिवेशन भव्यताको साथमा सम्पन्न गर्न आङ दामी शेर्पाको नेतृत्वमा ५०१ सदस्यीय आयोजक समिति गठनगरिएको छ ।

आयोजक समिति अन्तर्गत विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । नाम्गेल शेर्पाको नेतृत्वमा सचिवालय समिति, आङ काजी शेर्पाको नेतृत्वमा आर्थिक समिति, आङ पेम्बा शेर्पाको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन समिति, लामाबाउ शेर्पाको नेतृत्वमा प्रचार प्रसार समिति, पेम्बा शेर्पाको नेतृत्वमा स्वयंसेवक तथा मञ्च व्यवस्थापन समिति, आङ देण्डी शेर्पाको नेतृत्वमा स्वास्थ्य, ल्हाक्पा तेन्जी शेर्पाको नेतृत्वमा सांस्कृतिक, नाम्गेल शेर्पाको नेतृत्वमा प्रतिवेदन, आङ पेम्बा शेर्पाको नेतृत्वमाा विधान मस्यौदा उपसमित गठन गरिएको छ ।

महाधिवेशन सम्पन्न गर्न नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा, पूर्वमन्त्री कृपासुर शेर्पाले निरन्तर रुपमा अनुगमन गरिहेको छ । संघले शेर्पा जातीको हकहित र अधिकारको मुद्धा उठाउँदै आएको छ । शेर्पा जातीको धर्म,भाषा,कला र संस्कृतिको संरक्षण र प्रर्वद्धनको काम पनि संघले गर्दै आएको छ । महाधिवेशनमा देशभरको करिब दुई हजार प्रतिनिधि सहभागी हुने संघले बताएको छ ।