काठमाडौँ — राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपाले चुनावी सरकार गठन गर्न माग गरेको छ ।
काठमाडौँमा साउन ५ देखि ७ गतेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले अब चुनावी सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ ।
राप्रपाले गत चुनावहरू निष्पक्ष नभएको दाबी गरेको छ । ‘गत आवधिक निर्वाचनहरूमा सरकार निष्पक्ष नरहेको तीतो यथार्थलाई मध्यनजर गर्दै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि निष्पक्ष चुनावी सरकार गठन गर्न राप्रपा माग गर्दछ,’ केन्द्रीय समितिले गरेको निर्णयको २ नम्बरमा यो बुँदा उल्लेख छ ।
यस्तै राप्रपाले जनजीविकाका सवाल तथा राष्ट्रियतालगायत विषयमा साउन महिनाभित्र सञ्चालन गर्ने आन्दोलनका कार्यक्रम ल्याउने पनि बताएको छ ।
पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार केन्द्रीय समितिले एसिपिपी फिर्ता पठाउने सरकारको निर्णय अझै पनि कार्यान्वयनमा नआएको र अमेरिकालाई पत्र नपठाइएकोमा ध्यानाकर्षसमेत गरेको छ ।


प्रतिक्रिया