काठमाडौँ — मिनि गठबन्धनको चर्चाले सरकारमा हलचल, वाम शक्तिलाई समेटेर सम्मानजनक सिट बाँडफाँट गर्ने प्रचण्डको तयारी, चुनावको मिती घोषणा नहुँदै प्रधानमन्त्रीकालागी चलखेल सुरु सत्ता गठबन्धनमा कांग्रेसले पेल्ने देखेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिनि गठबन्धन बनाएर तोलमोल सुरु गरेका छन । कसै गरे सय सिट नछोड्ने कांग्रेसको तयारीले झस्किएका उनले समाजवादी केन्द्र स्थापनाको प्रयास सुरु गरेका हुन ।
वाम शक्तिलाई समेटेर समाजवादी केन्द्र बनाउने र सम्मानजनक सिट बाँडफाँट गर्ने उनीहरुको तयारी छ ।
सत्तागठबन्धनको मुख्य दल नेपाली कांग्रेसले यहि गबन्धनलाई अघि बढाउने निर्णय गरेसंगै अन्य घटकले भने समाजवादी केन्द्र निर्माणको तयारी थालेका छन । गठबन्धनको सहयोगमा वहुमत प्राप्त गर्ने र पाँचबर्षे स्थीर सरकारको दिने काँग्रेसको निर्णयले झस्किएका उनीरुले यस्तो प्रयास थालेका हुन । यसका लागि तत्कालीन नेकपाका सचिवालयमा रहेकामध्ये पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले असार १९ र साउन ४ मा गरी दुईपटक छलफल गरेका छन ।
छलफलमा राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन र कांग्रेससँग गठबन्धनलगायतका सैद्धान्तिक विषयमा पनि छलफल भएको बताईएको छ । केन्द्र निर्माणका लागि माओवादीले आफ्नो केन्द्रीय समिति बैठकबाटै निर्णय गरिसकेको छ भने यसमा उपेन्द्र यादवले नेतृत्व गरेको जसपा र राष्ट्रिय जनमोर्चालाई समेट्न पनि छलफल भइरहेको बताईएको छ ।
त्यस्तै हालै जसपाको कारबाहीमा परेका बाबुराम भट्टराई पक्षलाई पनि समेट्न लगातार वार्ता जारी रहँदा यसले कांग्रेसहितको गठबन्धनलाई भने असर नगर्ने बताईएको छ । तर कतिपयले भने यसलाई कांग्रेसमाथि दवाव बढाउने र भागवन्डामा वलियो हुने प्रचण्डको रणनितिका रुपमा समेत यसलाई बुझेका छन । अहिले राजनीतिक एजेन्डामा भन्दा भागवन्डामा चलिरहेको र प्रचण्ड आगामी दिनमा प्रधानमन्त्री बन्ने तयारीस्वरुप समाजवादी केन्द्रको अवधारणा ल्याएको पनि एकथरिको बुझाइ छ ।
देउवामात्र प्रधानमन्त्री हुने अवस्थाको अन्त्य र आलोपालो प्रधानमन्त्रीका लागि देउवालाई तयार बनाउने दुई रणनितिमा प्रचण्ड देखिएका छन । तर माओवादी केन्द्रका नेताहरु भने एउटै सिद्धान्त र विचार मिल्नेहरुको एकताको प्रयास मात्र भएको बताउछन । यहि गठबन्धनमा जाने कुरामा आफूहरु प्रष्ट रहेको बताउने उनीहरु समाजवादी केन्द्र निर्माणको प्रयासलाई भागवन्डासंग जोड्न नमिल्ने बताउछन ।
हुन त समाजवादी केन्द्र बनाउने प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि असहमत छैनन । तर यो प्रयासमा प्रचण्डको सक्रियताले भने उनी शंसकित देखिएका छन । यसअघिबाटै प्रधानमन्त्री हुने प्रचण्डको प्रष्ट चहाना, यहिवीचमा उनको भारत भ्रमण तथा भारतमै आरजु राणासंगको भेटको विषयलाई पनि उनीहरुले सत्ता स्वर्थको रुपमा हेरेका छन ।
जसले कतै प्रचण्डले आफूलाई सत्ताका लागि प्रयोगमात्र गर्ने दाउमा त छैनन् भन्नेमा रहेका उनीहरु प्रचण्डजति हतारोमा देखिएका छैनन् । त्यस्तै अहिलेकै अवस्थामा कांग्रेस आफू वहुमत प्राप्त गर्ने र केहि साना दललाई लिएर सरकार बनाउने कुराले प्रचण्डले शसकित देखिएका छन । किनकी मतदाताको निर्णयमा ठूलो उथलपुथल भएन भने समानुपातिकतर्फ कांग्रेसले ३८÷४० सिट ल्याउँने आकंलन गरिएको छ ।
त्यस्तै प्रत्यक्षतर्फ १६५ मध्ये कांग्रेसले ८० हाराहारी सिट जित्यो भने लोसपा मिलेर सरकार बन्ने अवस्था बन्छ । जसले आफ्नो सत्ता आरोहण असफल हुने देखेका प्रचण्डले अन्य घटकलाई समेट्ने प्रयास गरिरहेका छन । एकीकृत समाजवादी, नेकपा एकता अभियान र बाबुराम भट्टराईसँग पार्टी एकता गरेर समाजवादी केन्द्र बनाउने हो भने कांग्रेससँग प्रचण्डको ‘बार्गेनिङ पावर’ बढ्छ । त्यो बेला प्रतिनिधिसभाको धेरै सिट लिने मात्र होइन, आलोपालो प्रधानमन्त्रीमा सहमति गराउन सकिने उनको बुझाइ छ ।
केन्द्रबारे प्रचण्ड सके एकता नै गरेर नभए एकता संयोजन समिति बनाउने दौडधुपमा देखिएका छन । त्यस्तै अन्यले पनि कम्तीमा माओवादी र एकीकृत समाजावादी एक भएर अघि बढ्न सुझाव दिएका छन । तर सम्भावित केन्द्रका एक हिस्सा डा.वावुराम भट्टराई के गर्ने भन्नेमा अझै प्रष्ट देखिएका छैनन् । जुन विशेषत आगामी राजनीतिक भविष्यको विषयमा गएर अड्किएको छ । जसले सिद्धान्त र कार्यगत समानताको आधार भन्दा पनि मोलतोल कहिले टुङ्गो लाग्छ त्यसको पर्खामा दलहरु देखिएका छन ।


प्रतिक्रिया