काठमाडौँ — पुरानो हाट बजारको झल्को दिने उपत्यकामा पनि साप्ताहिक बजारतर्फ उपभोक्ताको आकर्षण, बजार पाएकोमा कृषक मख्ख, रैथाने उत्पादनलाई प्राथमिकता दिएको व्यावसायीको प्रतिक्रिया । नेपालमा वस्तुको खरीद–बिक्रीका लागि हाटबजार धेरै पुरानो चलन हो । विगतमा ताजा तरकारी, फलफूललगायत आवश्यक उपभोग्य बस्तु खरिद विक्री गर्ने एउटै थलो हाट बजार हुने गर्दथ्यो । विस्तारै यातायातको सहज पहुँच र बजार विस्तारले हाटबजारको चलन हट्दै गएको छ । स्थानीय स्तरमा चल्तीमा रहेका हाटमा पनि पहिलेजस्तो रौनक पाइन्न । तर पछिल्लो समय उपत्यकामा लाग्ने उहि पुरानो हाट बजारको झल्को दिने साप्ताहिक बजारतर्फ भने सर्वसाधरण आकर्षित हुन
यो काठमाडौ बौद्धस्थित रामहिटीमा रहेको उत्पला क्याफेको प्राङगण हो । यहाँ भिन्न भिन्न स्टलमा राखिएका थरीथरीका यी उपभोग्य बस्तुहरु विक्रीका लागि राखिएको हो । यहाँ तपाईले भान्छामा प्रयोग गर्ने विषादी रहित ताजा तरकारी फलफुल देखि दैनिक आवश्यकताका धेरै वस्तुहरु एकै ठाउँमा गएर खरिद गर्न सक्नु हुन्छ त्यो पनि प्रत्यक्ष उत्पादकसँगै मोलमोलाई गरेर । यहाँ बेच्न राखेका प्राय सबै सामान आफैले उत्पादन गरेर बेच्न ल्याएका हुन्छन् ।
यहाँ हरेक शनिवार उपत्यकाका विभिन्न स्थानबाट आ– आफ्नो उत्पादन बेच्नकै लागि कृषकहरु जम्मा हुने गर्दछन् । कृषक शैलेन्द्र सिंह आफुले नै उत्पादन गरेको सिताके च्याउ बेच्न यहाँ आउने गर्दछन् । साताको एकदिन मात्र भए पनि सिधै उपभोतmालाई च्याउ विक्री गर्दा बजारको समस्या नभएको र व्यवसाय सञ्चालनमा समेत मद्यत मिलेको उनी बताउँछन ।
अभिषेक रिमालले झन्डै एक दशकदेखि साप्ताहिक रुपमा सञ्चालन हुने यस्ता बजारमा आफ्नो कृषि उत्पादन विक्री गर्दै आएका छन । नियमित रुपमा विक्री हुने त छँदैछ साताको एक दिन मात्र चल्ने बजारले प्रत्यक्ष रुपमा उपभोतmासँग जोड्ने मौकाले थप मद्धत पुगेको उनीहरुको अनुभव छ । हरेक साता शनिवार एकैदिन झन्डै २० देखि २५ हजारको व्यापार हुने उनी बताउँछन ।
एकैठाउँमा सहज ढंगले विषादि रहित ताजा तरकारी फलफुल देखि रैथाने उत्पादनहरु समेत पाउने भएकाले यतातिर उपभोतmहरुको आकर्षण बढ्दो छ । नेपाली उत्पादन र साना उद्योगीलाई पनि मद्धत पुग्ने भएकाले उपभोतmाहरु टाढा टाढाबाट समेत शनिवार अर्थाव उपत्यकको फार्मस मार्केट अर्थात कृषको बजारमा पुग्ने गरेका छन ।
यातायातको सहज पहुँच र बजार विस्तारले हाटबजार विस्थापन ह्ँदै गए पनि पछिल्लो समय उपत्यकामा लाग्ने यस्ता बजारले धेरैलाई पुरानो हाट बजारको झल्को दिने गर्दछ । उपत्यकामा बार अनुसार विभिन्न स्थानमा यस्ता बजारहरु लाग्ने क्रम बढ्दो छ ।


प्रतिक्रिया